![]()
काठमाडौं । जारी ‘ए’ डिभिजन लिगमा नेपाल आर्मीले संकटामाथि शानदार जीत निकालेको छ । आर्मीको तेस्रो जीतका लागि दिनेश हेन्जन, टेकबहादुर बुढाथोकी, भरत खवास र सन्तोष तामाङले उत्कृष्ट गोल गरे । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आर्मीले संकटालाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।
संकटाका लागि एलोन म्याक्सवेलले गोल गरेका थिए । जीतसँगै १० अंक बनाएको आर्मी लिगको शीर्ष स्थानमा पुगेको छ। पहिलो हाफमा आर्मीसँग राम्रो खेलेको संकटाले दोस्रो हाफमा भने आर्मीविरुद्द दबाब सिर्जना गर्न सकेन ।
दुई गोल गरेका टेकबहादुर बुढाथोकी म्यान अफ दि म्याच भएका छन् ।


