![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को सचिवालय बैठक शुक्रबार बस्ने गरी सकिएको छ । बैठकमा महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा सदस्य रहेको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
प्रतिवेदनबारे शुक्रबार दिउँसो बस्ने बैठकमा छलफल हुनेछ । बिहीबारको बैठकको कार्यसूचीमा सरकारको समीक्षा गर्ने पनि रहेको थियो । तर, उक्त विषयमा बैठक प्रवेश नै गरेन ।


