Breaking News.... EverestOnlineKhabar
May 1, 2026

क्यालिफोर्नियामा डढेलोबाट ज्यान गुमाउनेको संख्या ७७ पुग्यो

Loading

बीबीसी । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको छ । उत्तरी क्यालिफोर्निया राज्यमा १० दिन अगाडि शुरु भएको यस डढेलोमा परी ७७ व्यक्तिको मृत्यु भएको काउन्टीका प्रहरी अधिकृत कोरी होनेआले बताए ।

यस विपदमा हराइरहेका व्यक्तिहरुको संख्या एक हजार दुई सय भन्दा बढी भएको बताइएको थियो । तर यो संख्या ९९३ मात्र भएको जारी काउन्टी प्रहरी अधिकारीद्धारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।  डढेलोको कारण १० हजारभन्दा बढी निजी भवन जलेका र विस्थापित भएका हजारौं मानिस अस्थायी शिविरमा छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यमा डढेलो लागेको क्षेत्रमा शनिबार भ्रमण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed