Breaking News.... EverestOnlineKhabar
May 2, 2026

सुजता निवासमा पौडेल पक्षधर नेताहरुको जमघट, देउवालाई तह लगाउने बिषयमा छलफल

Loading

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अाएका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरूबीच छलफल भएको छ।

केन्द्रीय सदस्य सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा नेतृ कोइरालाकै सक्रियतामा पौडेल समूहका शीर्ष नेताहरू एकै ठाउँमा भेला भएर छलफल गरेका हुन्। नेतृ सुजाताको अामन्त्रणमा पाैडेल समूहका शीर्ष नेताहरूलाई लञ्चसहितकाे मिटिङ गरिएकाे हो ।

लञ्चसहितको बैठकमा पौडेल समूहमा रहेका नेताहरू पौडेलसहित महामन्त्री डा शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, सुजाता कोइराला, डा रामशरण महत र डा. शेखर कोइराला र केन्द्रीय सदस्य गुरूराज घिमिरे सहभागी थिए। बैठकमा आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएकाे थियो ।

पछिल्लो समयमा पार्टी सभापति शेरबहादुर देउवाले पौडेल समूहका नेताहरूलाई पेलेर एकलौटी ढंगले अगाडि बढ्ने संकेत गरेपछि सभापति भन्दा इतर समूहका नेताहरू एकत्रित भएका हुन्। पछिल्लो पटक विजय कुमार गच्छदारलाई उपसभापति बनाउने निर्णय गर्दा प्रक्रिया नमिलेको भन्दै पौडेल समूहले आपत्ति जनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed