Breaking News.... EverestOnlineKhabar
May 1, 2026

पूर्व प्रधानमन्त्री खनाल पूर्वी जिल्लाको भ्रमणमा, पार्टी नेतृत्वसंग कोही सन्तुष्ट नभएको स्पष्ट

Loading

झापा । पूर्व प्रधानमन्त्री एवम नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पूर्वी जिल्लाको भ्रमणकाक्रममा पुनः सरकार र पार्टी नेतृत्वप्रति फायर खोलेका छन ।

गृह जिल्ला इलाम जाने क्रममा झापाको विर्तामोडमा पत्रकारहरुसँग कृुरा गर्दै नेता खनालले पार्टी नेतृत्वको कमजोरीका कारण पार्टी एकीकरण गरेको ६ महिना वितिसक्दा पनि तल्लो तहमा एकीकरण हुन नसकेको बताए । उनले पार्टीको नेतृत्वका कारण नेकपाको स्थायी कमिटि बैठकसमेत बस्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले भने, ‘तलका कमिटि पनि भंग छन् अनि वर्गीय संगठन पनि भंग छन्। यसबाट सन्तुष्ट को हुन्छ र ? कोही पनि सन्तुष्ट छैनन्। चाँडो भन्दा चाँडो पार्टी एक बनाउने कुरामा नेतृत्व लाग्नुपर्छ।’

नेकपाका नेताहरु कोही अस्वस्थ हुने तथा कोही बाहिर जाने भएकाले पार्टीको स्थायी कमिटिको बैठक बस्न नसकेको नेता खनालको भनाइ थियो। उनले भने, ‘जब बैठकहरु हुन थाल्नेछन् पार्टीले नयाँ गति लिनेछ ।’ बैठक नहुँदा पार्टीले अगाडि सारेका एजेन्डामाथि छलफल हुन नसकेको स्पष्ट पारे ।

पूर्वप्रधानमन्त्री खनालसहित सूर्योदय नगरपालिका नगरप्रमुख रणवहादुर राइलाई भद्रपुर एयरपोर्टमा झापा तथा इलामका पार्टी नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed