Breaking News.... EverestOnlineKhabar
April 30, 2026

अाइएसकाे अाक्रमणमा सात क्रिस्चियन धर्मावलम्बीकाे मृत्यु

Loading

बीबीसी । इजिप्टमा इस्लामिक स्टेट (आइएसक) को आक्रमणमा परी सात क्रिस्चियन धर्मावलम्बीकाे मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

बालकको नामाकरण गरी काप्टिक चर्चबाट बसमा फर्किरहेका उनीहरुमाथि आइएसले अन्दाधुन्द गोली प्रहार गरेको थियो। घटनापछि विज्ञप्ती जारी गर्दै अाइएसले हमलाको जिम्मेवारी लिएको थियो।

 घटनाको त्यहाँका राष्ट्रपति अब्देल फतेह अल–सिसिनेले भ्रत्सना गरेका छन्। शोक वक्तव्य जारी गर्दै उनले पीडितले अवश्य न्याय पाउने बताए। इजिप्टमा रहेका अल्पसंख्यक क्रिस्चियन समुदायमाथि बारम्बार आक्रमणहरु भैरहेको अधिकारीहरुले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed