Breaking News.... EverestOnlineKhabar
May 1, 2026

पूर्व प्रधानमन्त्री खनालद्वारा मास्केप्रति श्रद्धाञ्जली !

Loading

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपाका पुराना नेता सीताराम मास्केप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

नेकपाको मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेता खनालले मास्केप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन । कार्यक्रममा पार्टीका अध्यक्ष पुष्पकमल दाहालले मास्केको पार्थिव शरीरमा नेकपाको झण्डा ओढाएका थिए ।

श्रद्धाञ्जली कार्यक्रममा पार्टी महासचिव विष्णुप्रसाद पौडेल, सचिवालय सदस्य वामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा, नेता अग्निप्रसाद सापकोटालगायतले पनि मास्केप्रति श्रद्धाञ्जलि व्यक्त गरे।

माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा एक महीनादेखि उपचार गराउँदै आएका ७१ वर्षीय मास्केको मस्तिष्कघातका कारण निधन भएको थियो। विसं २००४ माघ १९ गते आमा पदमकुमारी मास्के र बुबा विष्णुप्रसाद मास्केको कोखबाट तेह्रथुमको जलजलेमा जन्मिएका मास्केका चार छोरा र श्रीमती छन्। उनी निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध सञ्चालन भएको राजनीतिक आन्दोलन, विद्यार्थी आन्दोलन, प्राध्यापक तथा शिक्षक आन्दोलनका क्रममा पटकपटक गरी तीन वर्ष जेल तथा हिरासतमा परेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed