Breaking News.... EverestOnlineKhabar
May 1, 2026

ज्ञानेन्द्रको काठमाडौंले सन्दिपको बिराटनगरलाई हरायो

Loading

काठमाडौं ।  काठमाडौं रोयल्सले विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गरेको छ। पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटअन्तर्गत सोमबार भएको पहिलो खेलमा सन्दीप लामिछानेको विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौंले आफूलाई अपराजित राख्यो।

विराटनगर भने लगातार तेस्रो हारका कारण प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ। विराटनगरले दिएको १५० रनको लक्ष्य काठमाडौंले अन्तिम ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍याे। काठमाडौंको जितमा भारतीय खेलाडी गौरव तमोरले ६६ रनको अर्धशतकीय इनिङ्स खेले। ३९ बलमा अर्धशतक पूरा गरेका गौरवले ४६ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै अमित श्रेष्ठले ३५ रन जोडेका थिए।

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले राम्रो शुरुवात गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो। विराटनगरका लागि ओपनर ब्याट्सम्यान सुनिल धमला र मोहम्मद जायदले पहिलो विकेटको लागि ६५ रनको साझेदारी गरेका थिए। पहिलो विकेटको रुपमा सुनिल धमला ३० रनमा आउट भए। मोहम्मद जायद ६७ रनमा आउट भए। ४७ बलमा जायदले ७ चौका र ४ छक्का हिर्काए। राजेश पुलामी मगरले ३० रनको योगदान दिए।  काठमाडौंका सुसन भारी र गौरव तमोर र बसन्त रेग्मीले समान २ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed