![]()
काठमाडौं । नेपाल र मलेसियाबीच नेपाली कामदार लैजाने विषयमा समझदारी भएको छ । मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन र नेपालका श्रम मन्त्री गोकर्ण विष्टले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । मलेसियाका मन्त्री श्रम सम्झौताका लागि काठमाडौं आउनुभएको हो ।
दुई देशबीचको यो सम्झौतापछि अब नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउनेछन् । मन्त्री बिष्टका अनुसार, अव कामदारका लागि मलेसिया जानका लागि भिसा प्रक्रियामा समेत कुनै पनि शुल्क लाग्ने छैन । अन्य सबै खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने सम्झौता भएको हो । अब श्रमिकले सबै महिनाको ७ गतेभित्र बैंक खातामा पारिश्रमिक पाउनेछन् ।


