![]()
काठमाडौं । स्याङ्जा जिल्ला पुतली नगर नगरपालिका वडा नं १२ पेल्काचौर लाई समेटिएको पेल्काचौरे ठाडो भाका सालैजोको भिडियो सार्बजनिक भएको छ। पुर्व मन्त्रि तथा नेपालि कांग्रेसका नेता ईन्द्र बहादुर गुरुङले भिडियो सार्बजनिक गर्नु भएको हो ।
पेल्काचौरको विभिन्न ठाउँलाई समेटी बनाईएको गीत उक्त क्षेत्रमा प्रललित छ । चर्चित गायक, गायिका शर्मिला गुरुङ र प्रसाद खप्तरी मगरको आवाजमा सजिएको ठाडो भाकाको शब्द रचना त्रिलोचन के सी र दिपक गुरुंगले गरेका हुन् । लय संकलन दिनेस के सी ले गरेका हुन्। म्युजिक भिडियोमा शर्मिला गुरुङ , प्रसाद खप्तरी मगर, साजन गुरुङ, पवित्रा गुरुङ, काजल गुरुङ, रमेश गुरुङले अभिनय गरेका छन्। भिडियो पनि निकै उत्कृस्ट निर्माण भएको छ। भिडियोको निर्देशन साजन गुरुङले गरेका हुन।
कामना डिजिटल प्रा. ली को ब्यानरमा निर्माण भएको भिडियोको छायांकन सुरेस श्रेष्ठले गरेका हुन्। शृंगार श्याम मल्लले गरेका हुन् भने सम्पादन पदम सुवेदी गरेका हुन् । म्युजिक भिडियोको प्रस्तुति मनकामना युवा क्लब पेल्काचौर स्याङ्जाको रहेको छ। मनकामना युवा क्लबका अध्यक्ष राजेन्द्र शर्माले भने- कला र सस्कृतिको खानी रहेको पेल्काचौरमा कला र सस्कृतिको रक्षाका लागि म्युजिक भिडियोको निर्माण गरिएको हो। मनकामना युवा क्लब कला र सस्कृतिको जगेर्नाका लागि सधै तत्पर रहने छ ।
यस्तो छ भिडियो


