Breaking News.... EverestOnlineKhabar
May 1, 2026

बाबुरामद्वारा नेकपाको चिया बहिष्कार, भोजको खर्च उत्पादनमा लगाउन सुझाव

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को चियापान कार्यक्रमलाई बहिस्कार गरेका छन्।
ने क पाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल को संयुक्त निमन्त्रणासँग उनले एकै खाममा यी दुवै नेताका बेग्ला बेग्लै शुभकामना कार्ड पनि पाएका थिए। त्यसै खाममा पार्टीका महासचिव विष्णु पौडेलको शुभकामना पनि रहेको भट्टराईले खुलाएका छन्।

भट्टराईले निम्तो पठाएकोमा शुभकामना दिएका छन्। ‘सत्तासीन कामरेडहरु’ भन्दै सम्बोधन गरेर ट्विटरबाट बाबुराम भट्टराईले ‘एउटै खाममा ४ वटा शुभकामना/निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद’ भनेका छन्।

शुभकामना पठाउने सबैको भलो होस् भन्दै उनले लेखेका छन्, ‘गरीब देशको सर्वहारा वर्गको दुहाइ दिने पार्टीले ५० हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि?’ त्यसैले म आउन सकिनँ!जय होस!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed