Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काश्की । आइसीसी विश्वकप ट्रफी पोखरामा सार्वजनिक गरिएको छ। हिजो नेपाल ल्याइएको ट्रफी पोखरा प्रिमियर लिगको खेलस्थल पोखरा रंगशालामा ट्रफीलाई पुर्‍याइएको हो। नेपाली युवा बलर सन्दिप लामिछानेले मैदानमा ट्रफी लगेका थिए।

तीन महिनाभन्दा लामो विश्व भ्रमणमा रहेको ट्रफीलाई ओमान अमेरिका, वेष्ट इण्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश भ्रमण गराइसकिएको छ। नेपालपछि ट्रफी भारत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै वेलायत लगिनेछ। यसवीचमा ट्रफीले २१ देशका ६० शहरको भ्रमण गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed