![]()
काठमाडौँ। १३ वर्षीय बालिका निर्मला पन्त बलात्कार-हत्या काण्डमा निलम्बनमा परेका तत्कालीन कञ्चनपुर जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको स्पष्टीकरण सहितको पत्र गृह मन्त्रालयमा पुगेको छ।
प्रहरी प्रधान कार्यालय नक्सालले एसपी विष्ट र भट्टको स्पष्टीकरण पत्र मन्त्रालयमा बुझाएको हो । एआइजी धिरु बस्न्यातको नेतृत्वमा गठित समितिले घटनाको अनुसन्धान बुझाएको रिपोर्टअनुसार प्रहरी प्रधान कार्यालयले दशैं बिदा अगाडि नै गृह मन्त्रालयलाई विष्ट र भट्टको बर्खास्तको लागि पत्र लेखेको थियो। गृह सचिव नेतृत्व समितिले दुई पटक सम्म २४ घन्टे स्पष्टीकरण सोध्नुपर्छ।
प्रहरी निरीक्षक भट्टले सोमवार प्रहरी प्रधान कार्यालयकव स्पष्टीकरण पत्र बुझेर मङ्गलवार नै स्पष्टीकरण दिएका थिए। तर एसपी विष्टले भने समय नभएको भन्दै मङ्गलवार मात्र स्पष्टीकरण पत्र बुझेका हुन्। पत्र बुझेको २४ घण्टाभित्र स्पष्टीकरण दिनुपर्ने नियम अनुसार एसपी विष्टले बुधवार बिहान स्पष्टीकरण दिएका थिए।
स्पष्टीकरण चित्त नबुझेको खण्डमा सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गर्ने अधिकार गृह सचिवसँग हुन्छ।


