![]()
काठमाडौं । दशैंको समयमा नेताहरु आ–आफनो कार्यतालिकामा व्यस्त छन । कोही पूजापाठमा, कोही घुम्न, कोही राजनीतिक दाउपेच त कोही पारिवारिक जमघटमा ।
अन्य नेताहरु भन्दा पृथक शैलीमा देखिएका छन राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झा । उनी दशहरामा आफैँ पूजापाठ गर्छन्। यसपटक पनि उनी घटस्थापनाभन्दा पहिले आफ्नो गृहनगर पुगेका छन्।
नवरात्राको सबै विधि अनुसार उनले पाठ गरिरहेका छन्।
यो दशैंमा उनको तीनवटा योजना छ। पहिलो योजना पूजापाठ, दोस्रो शुभकामना आदान प्रदान र तेस्रो पार्टीको सदस्यता वितरण अभियान।
राजपाको निर्णयअनुसार दशैंकै अवधिमा झाले सदस्यता वितरणलाई पनि तीब्रता दिएका छन्। गाउँ गाउँमा डुलेर सदस्यता वितरण गरिरहेको उनले बताए । कोजग्रत सकिएपछि उनी ८ गतेतिर काठमाडौं फर्किनेछन्।


