![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपाका वरिष्ठ नेता झलनाथ खनालसहित बिभिन्न दलका नेताहरुले दिवंगत काँग्रेस नेता चक्रप्रसाद बास्तोलाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन् ।
आइतबार कांग्रस पार्टी कार्यालय पुगी पूर्व प्रधानमन्त्री खनाल, पूर्व प्रधानमन्त्री एवम कांग्रेस सभापति शेरबहादुृर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपाका महासचिव बिष्णु पौडेल, कांग्रेस महामन्त्री डा. सशांक कोइराला, केबी गुरुङ, गोविन्दराज जोशी, गोपालमान श्रेष्ठ, कांग्रेस सह महामन्त्री डा. प्रकाशशरण महत लगायतले बास्तोलाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका हुन ।


काँग्रेसभित्रका कुनै बेलाका चर्चित नेता बाँस्तोलालाई ०६९ पुसमा मस्तिस्कघात भएको थियो । त्यसपछि उनलाई नयाँ दिल्लीको मेदान्त अस्पतालमा लगेर उपचार गरिएको थियो । त्यहाँ तीन महिना उपचार गर्दा पनि ठिक नभएपछि उनलाई स्वदेश फर्काएर उपचार गराइएको थियो ।
०७० कात्तिकदेखि भने उनको उपचार घरमै आइसीयू बेडमै राखेर उपचार भइरहेको थियो । उनलाई पाइपबाट खाना खुवाइँदै आएकोे थियो ।
बाँस्तोला बिपीको प्रेरणाले ०१७ सालबाट राजनीतिमा होमिएका थिए । विपीबाटै समाजवादी दीक्षा पाएका उनी चर्चित विमान अपहरण (२०३० साल) को नाइकेमध्येका एक थिए । बास्तोलाले बनारस हिन्दु विश्वविद्यालय (बीएचयु) मा राजनीतिशास्त्रका पोस्टग्र्याजुएट गरेका थिए ।
०४८ संसदीय चुनाव उनी झापाबाट उम्मेदवार भएपनि पराजित भएका थिए । त्यसपछि तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले उनलाई भारतका लागि राजदूत सिफारिस गरेको थियो ।
भारतीय अदालतमा विमान अपहरणको मुद्दा खेपिरहेका बाँस्तोलाको विषयमा सरकारले भारत सरकारलाई मनाएपछि उनी राजदूत बनेका थिए ।
परराष्ट्रमनत्री समेत भैसकेका बाँस्तोला काँग्रेसभित्रका सीमित बौद्धिक नेताहरुमा पर्ने गरेका थिए । सिद्धान्त र दर्शनमा गहिरो रुचि राख्ने उनी पार्टीको चुनावी घोषणापत्र लेखनमा बेलामा नेताहरुको पहिलो रोजाइमा पर्थे ।
२०३० सालको चर्चित विमान अपहरणदेखि तत्कालिन युद्धरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन बाँस्तोलाले सक्रिय भूमिका खेलेका थिए । विशेषगरी बाँस्तोलाले सम्पर्क सूत्रको काम गर्दै कोइरालालाई सघाएका थिए । बास्तोलाका श्रीमती र दुई छोरी छन्


