Breaking News.... EverestOnlineKhabar
April 30, 2026

सुपरसेल आँधीका कारण अष्ट्रेलियाको जनजीवन अस्तव्यस्त

Loading

बीबीसी । अष्ट्रेलियामा भारी बर्षापछि आएको सुपरसेल आँधीका कारण चारजना घाइते भएका छन् । तेज गतिमा आएको हावाहुरीले घरको छाना उडाउँदा उनीहरु घाईते भएका हुन् ।

आँधीका कारण क्विन्सल्यान्ड शहरका सयौं जनता प्रभावित भएका छन् ।

प्रतिघण्टा २५० किलोमिटरको रफ्तारमा आएको आँधीले ठाउँ ठाउँमा बिजुलीको पोल ढाल्नुका साथै रुखहरु ढलेकाले यातायात सेवा अवरुद्ध भएका छन् ।

आँधीमा परी सयौं सवारीसाधनमा क्षति पुगेको छ । आँधीपीडितहरुको उद्धारका लागि सयौं उद्धारकर्मीहरु खटिएका छन् । आँधी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । आँधीका कारण केही समयका लागि स्कूल र कलेजहरु बन्द गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed