Breaking News.... EverestOnlineKhabar
May 3, 2026

गुर्जा हिमाल आरोहण गर्न गएका ८ जनाको हिमपहिरोमा परेर मृत्यु

Loading

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु भएको छ । गुर्जा हिमालको बेसक्याम्पमा गएको हिमपहिरोमा परेर उनीहरुको मृत्यु भएको हो । हिमपहिरोमा परेर अर्का एक जना बेपत्ता भएका छन् ।

काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरिया गुर्जा हिमाल आरोहण गर्न गएका हुन् ।  घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य प्रभावित भइरहेको प्रहरीले जनाएको छ । मौसममा सुधार भएपछि खोजीमा जाने बताइएको छ ।

गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्प तर्फ हिँडेको थियो । टोलीमा भरिया गुर्ज गाउँकै बासिन्दा थिए । तर उनीहरु सम्पर्कमा आउन ढिला गरेपछि स्थानीय खोजीका लागि  बेसक्याम्प गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed