Breaking News.... EverestOnlineKhabar
May 1, 2026

मैत्रीपूर्ण फुटबलमा ब्राजिलद्वारा साउदी अरब २–० ले पराजित

Loading

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण  खेलमा ब्राजिलले साउदी अरेबियालाई हराएको छ । १० खेलाडीमा सीमित भएको साउदी अरेबियालाई ब्राजिलले २–० ले हराएको हो ।

रियादमा भएको खेलमा ब्राजिललाई जिताउने क्रममा गाब्रियल जिसस र एलेक्स सान्ड्रोले गोल गरे । मोहम्मद अल–ओवपाइस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि साउदी अरेबिया १० खेलाडीमा सीमित भएको थियो अन्तिमको केही समय ।

जिससले ४३ औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा ब्राजिलले १–० को अग्रता लियो । उनले ब्राजिलका लागि २३ औँ सहभागितामा ११ औँ गोल गरेका हुन् । ८५ औँ मिनेटमा रातो कार्ड खाँदै अल–ओवाइस बाहिरिएपछि साउदी अरेबिया १० खेलाडीमा सीमित भयो ।

इन्जुरी समयको छैटौँ मिनेटमा सान्ड्रोले गोल गरेपछि ब्राजिल २–० ले विजयी भयो । उनले नेइमारको पासमा हेड मार्फत गोल गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed