Breaking News.... EverestOnlineKhabar
May 3, 2026

प्रहरी दिवसको दिन प्रधानमन्त्रीले गरे प्रहरी संगठनको खुलेर प्रशंसा

Loading

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले नेपाल प्रहरीको भूमिकाको खुलेर प्रशंशा गरेका छन् । हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै प्रहरीको भूमिकालाई लिएर आलोचना भईरहेका बेला प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको दृढता, इमान्दारिता र कर्तव्यनिष्ठाको मुक्तकण्ठले प्रशंशा गरेका हुन् ।

६३ औं प्रहरी दिवसको अवसरमा बिहिबार काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान काार्यालयमा आयोजित समारोहमा उनले नेपाल प्रहरीले जनताको निकट रहेर अपराध  नियन्त्रण र समाजमा अमनचयन कायम गर्न उल्लेखनीय योगदान दिँदै आएको बताए । उनले संयुक्त राष्ट्र संघको मिसनमा रहेर नेपाल प्रहरीले खेलेको भूमिकाको पनि स्मरण गरे ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउने अभियानलाई सार्थक बनाउन नेपाल प्रहरीले थप जिम्मेवार बन्नुपर्ने पनि बताए । उनले नेपाल प्रहरीको भूमिकालाई अझै प्रभावकारी बनाउन सरकारले आवश्यक स्रोत, साधनको उपलब्ध गराउने आश्वासन पनि दिए ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई नमूना प्रहरी संगठनको रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गरे । उनले नेपाल प्रहरीलाई आक्षेपमुक्त बनाउन आफू सदैव सचेत रहेको पनि स्मरण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed