![]()
एजेन्सी । रियल मड्रिडका स्टार गारेथ बेल बिहीबार स्पेनविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि वेल्स टोलीमा अटाएका छैनन । यससँगै मंगलबार नेसन्स लिगअन्तर्गत गणतन्त्र आयरल्यान्डविरुद्धको खेलमा पनि बेल खेल्नेमा आशंका छ ।
चोटका कारण २९ वर्षे फरवार्ड बेललेशनिबार ला लिगाअन्तर्गत आल्भेसविरुद्धको खेलमा ८०औं मिनेटमा मैदान छाडेका थिए । रियाल १–० ले पराजित भएको थियो ।
सोमबार र मंगलबार कार्डिफमा वेल्सले अभ्यास गर्दा वेल सहभागी थिएनन् । कार्डिफको प्रिन्सीपालिटी रंगशालामा हुने स्पेनविरुद्धको खेलमा बेल अनुपस्थित भए पनि प्रशिक्षक गिग्सले पाँच दिन पछि डब्लिनमा हुने आयरल्यान्डविरुद्धको खेलमा उपलब्ध हुने विश्वास लिएका छन् ।


