![]()
काठमाडौं । नेपाल खाद्य संस्थानले शुक्रबारदेखि दशैंका लागि खसी, बोका र च्याङ्ग्रा बिक्री वितरण सुरु गर्ने भएको छ । नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबारदेखि खसी, बोका र च्याङग्रा बिक्री वितरणको काम सुरु गर्ने जानकारी गराएको हो ।
बजार भाउलाई हेरेर सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको मूल्य निर्धारण गर्ने पनि संस्थानले जनाएको छ । बिहीबार बेलुकासम्म संस्थानले मासुको मूल्य निर्धारण हुने पनि स्पष्ट पारेको छ ।


