Breaking News.... EverestOnlineKhabar
May 2, 2026

दशैंका लागि घर फर्किरहेका नेपालीलाई सीमा क्षेत्रमा सास्ती

Loading

कैलाली ।दशैंको चहलपहल सुरु भइरहँदा रोजगारीका लागि भारतका विभिन्न शहर पुगेकाहरु पनि घर फर्किन थालेका छन् । पश्चिमी सीमा नाका गौरीफण्टा र गड्डाचौकी भएर अहिले घर फर्कनेहरुको घुँइचो नै लाग्न थालेको छ ।

सुदूरपश्चिम लगायत नेपालका विभिन्न स्थानबाट भारतका विभिन्न शहर पुगेकाहरु दशैँतिहारजस्ता चाडबाड मनाउन फर्किने क्रम जारी छ । कतिपय केही महिनाको लागि रोजगारीमा गएकाहरु त कतिपय वर्षभरी नै काम गर्न गएकाहरुको घुइँचो गौरीफन्टा र गड्डाचौकीको नाकामा देख्न सकिन्छ ।

गौरीफन्टा नाकाबाट मात्र अहिले दैनिक ७/८ सय संख्याको हारहारिमा सीमामा रहेको त्रिनगर प्रहरी चौकीले जनाएको छ । यसरी परिवारको खर्च जोहो गर्न सुदुरपश्चिम प्रदेशबाट हजारौँको संख्यामा कामदारहरु कामका लागि भारत रहेका छन् ।

कतिपय २/३ महिनाको लागि भारत पस्छन् त कोही  खेतीपाती लगाउने र चाडपर्वको बेला बाहेक अरु समय उतै मजदुरी गर्छन् । घर फर्किने क्रममा वर्षौँदेखि नेपालीहरुले भारतीयहरुको ज्यादती खेप्दै आएका छन् भने कतिपय नेपाल भित्रिएपछि पनि ठगिएका छन् ।

यसपटक गौरीफण्टा नाकामा विगतको भन्दा केही सहज भए पनि अनाहकमा रकम असुल्ने कार्य अझै पूर्ण रुपमा नरोकिएको यात्रुहरुको गुनासो देखिन्छ । सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मी भने भारतीय अधिकारीहरुले रकम लिएको गुनासो यस वर्ष अहिलेसम्म नआएका बताउँछन् ।

यो वर्ष विगतका तुलनामा सुधारोन्मुख भएपनि सबैलाई निर्धक्कसँग वारपार गर्ने अवस्था भने अझै बन्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed