Breaking News.... EverestOnlineKhabar
May 2, 2026

चाडवाडको उपलक्ष्यमा सत्तारुढ दल नेकपाले कात्तिक १० गते चियापान गर्ने

Loading

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले यस वर्षको दशैं , नेपाल संवत्, दीपावली, छठलगायत चाडपर्वका अवसरमा आगामी कात्तिक १० गते शनिबार काठमाडौंको भृकुटीमन्डपमा चियापान गर्ने भएको छ ।

पार्टी एकतापछिको पहिलो चियापानलाई राष्ट्रिय महत्वको ऐतिहासिक कार्यक्रममा रुपान्तरण गर्न पार्टीले तयारी गरेको छ । पार्टीका महासचिव विष्णु पौडेलको उपस्थितिमा  पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित बैठकमा व्यवस्थापन र तयारीमा लाग्न पार्टीको प्रदेश नम्बर–३ कमिटी, उपत्यकास्थित कमिटी र जनसंगठनलाई परिचालन गर्ने निर्णय गरेको हो ।

विगतमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले अलग–अलगरुपमा चाडपर्वका अवसरमा चियापनको आयोजना गर्दै आएकामा गत जेठ ३ गते दुई पार्टीको एकतापछि पहिलोपटक चियापन कार्यक्रम आयोजना हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed