![]()
एजेन्सी । रियाल मड्रिड तथा वेल्सका फरवार्ड गारेथ बेले वालोन डी‘ओर अर्वाडका लागि मनोनयनमा परेका छन् । बेलेसँगै म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्विरो, लिभरपुलका गोलकिपर एलिसान, रियाल मड्रिडकै फरवार्ड करिम बेन्जेमा र पेरिस सेन्ट जर्मनका इडिसन काभानी पनि मनोनयनमा परेका छन् ।
यस वर्षको अवार्डका लागि शीर्ष ३० खेलाडीका सूची केही दिनमा सार्वजनिक हुनेछ । १९५६ देखी शुरु भएको बालोन डी’ओर अवार्डमा बर्षको उत्कृष्ट एक खेलाडीलाई सम्मानित गरिन्छ । डिसेम्बर ३ मा फ्रान्सको पेरिसमा आयोजना हुने कार्यक्रममा अर्वाड वितरण गरिनेछ ।


