Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

बीबीसी । उत्तरी अफगानिस्तानको फर्याब प्रान्तमा आतङ्ककारीविरुद्ध भएको हवाई कारबाहीमा २८ जना तालिबान आतङ्ककारी मारिएका छन् ।

अफगान र अमेरिकाआबद्ध नेटो सेनाले फर्याब प्रान्तको कायसार र दउलत अवाद जिल्लामा गरेको हवाई कारबाहीमा परी ती आतङ्ककारी मारिएको सेनाका प्रवक्ता हनिफ रेनाइले  बताएका छन् ।

हवाई कारबाहीमा परी तालिवानका दुई स्थानीय कमाण्डर कारी अब्दुल्लाह र रहमातुल्लाहको समेत मृत्यु भएको बताइएको छ । अफगान सुरक्षा बल र नेटो आवद्ध सयुक्त गठबन्धनले तालिबानविरुद्ध हवाई र स्थल आक्रमणमा केही महिनायता तिब्र बनाएको छ ।

यही अक्टोबर महिनाको २० तारिखमा अफगानिस्तानमा हुन गइरहेको आमनिर्वाचनलाई ध्यानमा राखेर तालिबानविरुद्ध अफगान र नेटोआवद्ध सैनिकले भीषण कारबाही सुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed