Breaking News.... EverestOnlineKhabar
May 1, 2026

नेपालको लगातार तेस्रो जित, थाइल्याण्ड १४० रनले पराजित, सन्दिपलाई ५ विकेट

Loading

काठमाडौं । आईसीसी विश्वकप टी–ट्वान्टी उपक्षेत्रीय छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जीत दर्ता गरेको छ । मलेसियाको क्वालालाम्पुरमा आइतवार सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई १४० रनको फराकिलो अन्तरले पराजित गर्‍यो ।

नेपालले पेश गरेको १७३ रनको विजयी लक्ष्य पछ्याएको थाइल्याण्डले ८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै १८ रन जोडेको थियो । त्यसपछि खेल प्रभावित हुँदा नेपाल डीएल मेथोडमा १४० रनले विजयी भयो ।

नेपाली बलरसामु थाइ ब्याट्सम्यान निरीह देखिए । यसक्रममा सन्दीप लामिछानेले ५, करण केसीले ३ तथा ललितनारायण राजवंशीले १ विकेट लिए । सन्दीपले ३ ओभर बलिङ गर्दा मात्र ८ रन खर्चिएर ५ विकेट लिएका हुन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन जोडेको थियो । आक्रामक शुरूवात गरेर बीचमा लरखराएको नेपाली पारीलाई करण केसीले आक्रामक ढंगले अन्त्य गर्दै सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए ।

जीतसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । अब नेपालले चीन, भुटान र सिंगापुरसँग खेल्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed