![]()
कञ्चनपुर ।कञ्चनपुरकी निर्मला पन्तको न्यायाका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक धर्नामा बसेका छन्। गृह जिल्ला समेत रहेको कञ्चनपुर सदरमुकाम महेन्द्रनगर पुगेर नेता लेखक निर्मला पन्तको न्यायाका लागि जारी आन्दोलनमा ऐक्वद्धता जनाउँदै धर्नामा सहभागी भएका छन्।
निर्मला पन्त हत्या प्रकरणबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कञ्चनपुरमा धर्ना शुरु गरिएको हो। छानविन समितिले सरकारका गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन वुझाए पनि अझै सार्वजनिक गरिएको छैन। जसका कारण कञ्चनपुर आन्दोलित बनेको छ।
गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी १३ वर्षीया निर्मला पन्तका हत्यारा अझैसम्म पक्राउ पर्न सकेका छैनन्।


