Breaking News.... EverestOnlineKhabar
May 1, 2026

झापामा महिलाका भित्रि बस्त्र मात्र चोर्ने अचम्मको चोर

Loading

झापा। झापाको भद्रपुरमा एक यस्तो चोर फेला पर्यो जसलाई के कारबाही गर्ने भन्नेमा प्रहरी नै अलमलमा पर्यो‍। महिलाका भित्री वस्त्र (ब्रा र पेन्टी) चोरी आरोपमा भद्रपुर–४ मन्त्री चोकका २५ वर्षीय दीपक राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ। तर, के कारबाही गर्ने भन्नेमा अलमल परेपछि उनलाई छाडिएको प्रहरीले जनाएको छ।

भद्रपुर–६ स्थित भानुनगरका घरमा पसेर  ब्रा र पेन्टी चोरी भाग्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो। यी युवकले भित्री वस्त्र मात्र चोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

प्रहरीका अनुसार महिलाका भित्री वस्त्र चोरेर सुँघ्ने गरेको बयान दिएका छन्। अन्य सामान चोरी नगरेकाले सचेत गराएर छाडिएको प्रहरीले जनाएको छ। उनले बिहीबार साँझ मात्र चार घरबाट भित्र वस्त्र चोरी गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed