Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित शम्शेरगञ्जमा यात्रुबाहक माइक्रोबस र ट्रक  एकापसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट अमिलिया हुँदै नेपालगञ्ज आउँदै गरेको रा१ख १६६२ नम्बरको माइक्रो र नेपालगञ्जबाट दाङतर्फ जाँदै गरेको लु१ख ७७२९ नम्बरको ट्रक  राप्ती सोनारी गाउँपालिका–९ मुगुवा खोला नजिक ठोक्किएका थिए ।

दुर्घटनामा चारको घटनास्थलमै मृत्यु भएको र दुईको शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते १७ को शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed