![]()
काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सूदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा आपत्ति जनाएका छन् ।
शनिबार नेपाल विद्यार्थी संघ, डडेलधुरा सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले वातावरणीयलगायतका सबै हिसावले उपयुक्त नभएको ठाउँमा प्रदेशको राजधानी तोकिएको भन्दै सो निर्णयको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
उनले रुख काट्ने र ऐस आराम गर्ने नियतका साथ कैलालीको गोदावरीमा सूदुरपश्चिम प्रदेशको राजधानी तोकिएको आरोप लगाए । सभापति देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी सबै हिसावले धनगढीमा उपयुक्त हुने तर्क पनि गरे ।


