Breaking News.... EverestOnlineKhabar
May 1, 2026

स्याङ्जामा वर्ल्डकप प्याराग्लाइडिङको तयारी तीव्र

Loading

स्याङजा। वर्ल्डकप प्याराग्लाइडिङ प्रतियोगिताको लागि सयाङजाको तयारीलाई तीव्र पारिएको छ। नेपाली पात्रो अनुसार कार्तिक १५ देखि १८ गते सम्म स्वरेकमा हुने वल्डकपको नेपालमा पहिलो पटक हुन लागेको हो।

प्रतियोगितामा स्याङजा जिल्लाको ११ वटै स्थानीय तह ,नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाईडिड्ग संघ, नेपाल हवाई खेलकुद संस्था तथा बाबु एडभेन्चर क्लबले संयुक्त रुपमा आयोजना हुँदैछ।

हालै इण्डोनेशियाको जार्कातामा सम्पन्न एसियाड गेमबाट रजत पदक प्राप्त गरेर देशको नाम अन्तराष्टिय जगतमा चिनाउन सफल प्याराग्लाइडिङ्ग खेलको वल्डकपले नेपालको पर्यटन प्रवर्द्धनमा विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

वल्ड कपलाई भब्य रुपमा सम्पन्न गर्न वालिङ्ग नगरपालिका र भीरकोट नगरपालिका पनि उत्तिकै रुपमा सक्रिय बनिरहेको छ।

नेपालमा पहिलो पटक प्याराग्लाइडिङको एकुरेसी वल्डकपमा भीरकोट पाँच स्वरेक मैदानबाट उडान गरेर वालिङ ११ स्वरेक डौवामा ल्याण्डडिङ हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed