![]()
काठमाडौं।टेक्नोलोजी, इनोभेसन र फ्युचर स्लोगन सहित विराटनगरमा पहिलो पटक आइसिटी एक्स्पो २०१८ आयोजना हुने भएको छ। लिभिङ विथ आइसिटीले आगामी पुस पहिलो साता विराटनगरमा आइसिटी प्रडक्ट, एजुकेशन, सर्भिस र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आइसिटी एक्सपो आयोजना गर्न लागिएको हो ।
‘ नेपालमा प्रविधि क्षेत्रकै सबैभन्दा ठूलो आइसिटी अवार्डसमेत आयोजना गरिरहेको लिभिङ विथ आइसिटीले स्थानीयस्तरमा प्रविधिको प्रवद्र्धन, सचेतना र इनोभेसनका विविध पक्षलाई समेटेर एक्स्पो आयोजना गर्न लागेका हौ।’ आयोजकले भनेको छ ।
प्रदेश नम्बर १ लाई मुख्य आधार बनाएर गर्न लागिएको उक्त प्रदर्शनीमा एक सयभन्दा बढीको स्टल रहने आयोजकले जनाएको छ।
विराटनगरस्थित जैन भवनमा पुस ६ देखि १० गतेसम्म आयोजना हुने कार्यक्रममा स्टार्टअप, आइटी उद्यमीहरुको समेत उल्लेख्य सहभागिता रहनेछ। स्मार्ट प्रविधि, ल्यापटप, ग्याजेट्स, इन्टरनेट, सेक्युरिटी प्रडक्टहरुसँगै सफ्टवेयर, एप्लिकेशन र इनोभेसनमा नयाँ प्रविधिको विशेष प्रदर्शनी हुने आयोजकले जनाएको छ।


