Breaking News.... EverestOnlineKhabar
May 1, 2026

रुसको गुप्तचर निकायले विश्वभरि साइबर आक्रमण गरेको आरोप

Loading

बीबीसी । ब्रिटिश सरकारले विश्वभरिका राजनीतिक, व्यापारिक, सञ्चार र खेल सङ्गठनहरूमा भएको साइबर आक्रमणका लागि रुसको सैनिक गुप्तचर निकाय जीआरयू जिम्मेवार भएकोमा आफू विश्वस्त रहेको बताएको छ।

ब्रिटिश अधिकारीहरूको भनाइमा ‘फ्यान्सी बेयर’ नामक समूहले लागुऔषध प्रयोगविरोधी निकाय वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाडा) को कम्प्युटर प्रणालीमा ह्याक् अर्थात् अनधिकृत रूपमा छिरेर खेलाडीहरूका गोप्य दस्तावेजहरू चुहाएको हो। त्यो समूहले इन्टर्नेटमार्फत् फिशिङ गरेर पास्वर्ड चोरी गरेको आरोप ब्रिटिश अधिकारीहरूको छ।

उनीहरूका अनुसार त्यही समूहले गत वर्ष युक्रेनको किएभको मेट्रो प्रणाली र ओडेसाको विमानस्थलको प्रणालीमा साइबर आक्रमण गरेको थियो। त्यो समूहले सन् २०१६ मा अमेरिकी डिमोक्र्याटिक न्याश्नल कमिटीका सूचनाहरू समेत चुहाइदिएको ब्रिटिश अधिकारीहरू बताउँछन्।

यो वर्षको सुरुमा सोल्ज्बरीमा रुसी पूर्वगुप्तचर सेर्गेइ स्क्रिपाललाई स्नायुप्रणालीमा असर गर्ने विष दिने कार्यमा पनि जीआरयूकै हात रहेको आरोप लगाइएको छ। बीबीसीका सुरक्षा सम्वाददाताका अनुसार ब्रिटेनका गुप्तचर निकायका अधिकारीहरूले पहिलो पटक साइबर आक्रमणको दोष जीआरयूमाथि लगाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed