Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं ।नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्करमार्फत भारतमा अवैध लागूऔषध गाँजा तस्करी हुने गरेको रहस्य खुलेको छ। लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले  मकवानपुरमा ट्याङकरभित्र लुकाईराखेको अवस्थामा २ सय ९५ केजी गाँजा फेला पारेको हो।

ना ४ ख ३९६९ नम्बरको ट्याङकर भित्र इन्धन राख्ने डिब्बामा गाँजा लुकाएर तस्करी भइरहेको सूचनापछि ब्युरोको टोलीले ट्याकंरलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा उक्त परिमाणमा गाँजा फेला परेको हो।

ट्याङकरका चालक पर्साका ३८ वर्षीय प्रल्हाद ठकुरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। चालक ठकुरीले मकवानपुर मनहरी गाउँपालिका रमनटारमा गाँजा लोड गरेको प्रहरीमा बयान दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed