![]()
डोटी । डोटीमा एकजना बृद्धा बलात्कारको शिकार भएकी छन् । बडीकेदार गाउँपालिका–३ की ७४ वर्षीया बृद्धा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
बलात्कार गरेको आरोपमा प्रहरीले बोगटान गाउँपालिकाका २२ वर्षीय एकेन्द्र धामीलाई पक्राउ गरेको छ । धामीले मादक पदार्थ सेवन गरि बृद्धालाई बलात्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
धामीलाई जवरजस्तीकरणी सम्बन्धी मुद्धामा अदालतबाट ७ दिनको म्याद थपिएको छ ।


