![]()
विराटनगर । संघीय मामिला तथा स्थानीय मन्त्री लालबाबु पण्डितले प्रदेश नम्बर एकको राजधानी विराटनगर हुनेमा ढुक्क हुन आग्रह गरेका छन्। विराटनगरमा आयोजित एक कार्यक्रममा मन्त्री पण्डितले उच्च अदालत रहने स्थान नै राजधानी हुने बताएका हुन ।
प्रदेश नम्बर एकको उच्च अदातल विराटनगरमा रहेको छ। यसै विषयलाई आधार बनाएर मन्त्री पण्डितले राजधानी विराटनगर हुनेमा विश्वस्त हुन नगरवासीमा आग्रह गरेका हुन्।
उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघद्धारा संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा मन्त्री पण्डितले विराटनगरलाई स्वच्छ, सफा र हराभरा बनाउनेमा आफू कटिबद्ध रहेको उल्लेख गरे।
राजधानीका विषयमा धेरै टिकाटीप्पणी भइरहेको सन्दर्भमा मन्त्री पण्डितले यहाँका सांसदहरुको धारणा समान रहने बताए ।


