Breaking News.... EverestOnlineKhabar
April 30, 2026

सम्झौता कार्यान्वयन नभएको भन्दै डा. केसी आक्रोशित, बिना सूचना १६ औं सत्याग्रह बस्ने घोषणा

Loading

काठमाडौं । चिकित्सा शिक्षा र सेवा सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसीले आफूसँग सरकारले गरेका सबै सम्झौता तत्काल कार्यान्वयन नभएमा बिना सूचना १६ औं सत्याग्रह बस्ने घोषणा गरेका छन्।

सहमति कार्यान्वयनमा सरकार उदासिन बन्दै गएपछि असन्तुष्ट भएका डा. केसीले सोमबार बिज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मसँग भएको सम्झौता कार्यान्वयन गर्नुको साटो ऐनमा चलखेल गर्न मन्त्री नै अग्रसर छन्, म जुनसुकै बेला बिनासूचना सत्याग्रह बस्छु।’

केसी र सरकारबीच १५ औं सत्याग्रह तोड्दा ९ बुँदे सहमति भएको थियो। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अपारदर्शी क्रियाकलापका कारण चिकित्सा शिक्षा ऐन जारी हुन नसकेको आरोप लगाउँदै उनले मन्त्री पोखरेलको राजीनामा समेत मागेका छन्।

सम्झौता अनुसार विधेयक पारित हुन नदिन स्वयं मन्त्री पोखरेल संलग्न भएको भन्दै केसीले भनेका छन्,‘ शिक्षामन्त्री पोखरेलकै कारण चिकित्सा शिक्षा ऐन–२०७५ संसदमा अड्किएको हो।’ केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘विधेयकको मस्यौदा तयारीका क्रममा पहिले पनि माथेमा प्रतिवेदन विपरीतका प्रावधानहरू कायम गर्ने र अध्यादेशलाई तोडमोड गरी माफियामुखी बनाउने कार्यमा उनको भूमिका थियो।’

केसीले आफूसँग भएको सम्झौता बमोजिम चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्न तथा गौरीबहादुर कार्की आयोगले सिफारिस गरे बमोजिम त्रिवि उपकुलपति तीर्थ खनियासमेतका व्यक्तिहरूलाई कारबाही गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed