![]()
बीबीसी । नोभाक जोकोविच युएस ओपन टेनिसको फाइलनमा प्रवेश गरेका छन् । शनिबार बिहान न्युयोर्कमा भएको सेमिफाइनलमा जापानका केई निशिकोरीलाई पराजित गर्दै सर्बियाका जोकोविचले फाइनल यात्रा तय गरेका हुन् ।
छैटौँ बरियताका जोकोविचले २१ औँ बरियताका निशिकोरीलाई ६–३, ६–४ र ६–२ को सेटमा पराजित गरेका हुन् । उनले अब फाइनलमा अर्जेन्टिनाका आन मार्टिन डेल पोत्रोसँग प्रतिस्पर्धा गर्ने छन् ।
विश्व नम्बर एक राफायल नाडालले सेमिफाइनलमा घुँडाको चोटका कारण पूरा खेल्न नसकेपछि डेल पोत्रो फाइनलमा प्रवेश गरेका छन् ।


