Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एकजना पूर्वसल्लाहकारलाई १४ दिनका लागि जेल सजाय सुनाइएको छ। लण्डनको एउटा पबमा जर्ज पापाडोपलसले दिएको अभिव्यक्तिपछि अमेरिकी चुनावी अभियानमा सम्भावित रुसी साठगाँठबारे अनुसन्धान थालिएको थियो।

वाशिङटन डीसीस्थित अदालतमा ३१ वर्षीय जर्ज पापाडोपलसले झूट बोलेर गल्ती गरेको र आफू एक ‘देशभक्त अमेरिकी’ भएको बताए। मस्कोका आरोपित मध्यस्थकर्ताहरूसँगको भेटघाटको समयबारे संघीय अनुसन्धान निकाय एफबीआईसँग झूट बोलेकोमा दोषी पाइएका पापाडोपलसले गत अक्टोबरमा आफ्नो सफाइमा स्पष्टीकरण दिएका थिए।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा क्रेम्लिनको आरोपित प्रभावसम्बन्धी छानबिनका क्रममा पक्राउ पर्ने उनी ट्रम्पका पहिला सहयोगी थिए। शुक्रवार सुनाइएको सजाय अनुसार पापाडोपलसले २०० घण्टा समुदायमा सेवा गर्नुपर्ने र साढे नौ हजार डलर पनि तिर्नुपर्ने हुन्छ।

अदालतसमक्ष उनले आफ्नो ‘पूरै जीवन अस्तव्यस्त’ रहिआएको बताउँदै आफूलाई सच्याउनका निम्ति ‘अर्को मौका पाउने’ विश्वास व्यक्त गरे। ‘यो अनुसन्धानको विश्वव्यापी अर्थ रहनेछ र सत्यले महत्त्व राख्छ’ भन्दै पापाडोपलसले अदालतमा आफ्ना कुरा टुङ्ग्याएका थिए।

शिकागोका बासिन्दा पापाडोपलसले सन् २०१६ को मार्चमा ट्रम्पको चुनावी अभियान टोलीमा स्वयंसेवक विदेश नीति सल्लाहकारका रूपमा काम शुरू गरेका थिए। त्यसअघि उनी लण्डनस्थित पेट्रोलियम विश्लेषकका रूपमा कार्यरत थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed