Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

बीबीसी । एउटा ऐतिहासिक निर्णय गर्दै भारतको सर्वोच्च अदालतले दुई वयस्क व्यक्तिबीच सहमतिमा हुने यौनसम्बन्धलाई वैधानिक ठहर गरेको छ। सर्वोच्चका पाँच न्यायाधीश रहेको बेन्चले समलिङ्गी यौनलाई ‘अप्राकृतिक कसुर’ मान्ने ‘सेक्शन ३७७’ भनेर चिनिने पुरानो कानुनी प्रावधानलाई सर्वसम्मतिले अन्त्य गर्ने फैसला गरेको हो।

टेलिभिजनमा उक्त सुनुवाइबारे खबर हेरिरहेका अभियानकर्मीहरूले फैसलाको समाचार आएलगत्तै उफ्रिएर खुसी प्रकट गरेका छन्। सन् २०१३ मा सर्वोच्च अदालतले पुरानो कानुनलाई नै सदर गर्ने गरी गरेको फैसलाको ती न्यायाधीशहरूले पुनरवलोकन गरिरहेका थिए।

भारतका समलिङ्गी तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूले लामो समयदेखि पुरानो कानुनविरुद्ध सङ्घर्ष गरेका थिए। यो फैसलासँगै अब व्यवहारमा के परिवर्तन हुन्छ भन्नेबारे अहिले केही भन्न सकिँदैन।

सेक्शन ३७७ को केवल संवैधानिक वैधताबारे फैसला दिइएका न्यायाधीशहरूले स्पष्ट रूपमा जनाएका छन्। उनीहरूले विवाह वा पैतृक सम्पत्तिजस्ता अधिकारको दृष्टिकोणबाट यसलाई नहेरेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed