![]()
एजेन्सी,भदौ ।
ब्राजिलमा चुनावसम्बन्धी उच्च अदालतले पूर्वराष्ट्रपति लुइस लुला डा सिल्भाले चुनावमा उठ्न नपाउने फैसला गरेको छ । भ्रष्टाचारको अभियोगमा लुला हाल जेलमा छन् । अदालतले बहुमतको आधारमा निर्णय गर्दै लुलालाई आगामी अक्टोबरमा हुने राष्ट्रपतिको निर्वाचनमा लड्न नपाउने निर्णय गरेको छ । तर, उनका कानुनी सल्लाहकारले निर्णयविरुद्ध अपिल गर्ने बताएका छन् ।
७२ वर्षीय लुलाको ब्राजिल ओर्कर्स पार्टीले उनको उम्मेदवारीविरुद्ध जुनसुकै कदम चाल्ने जनाएको छ । गत महिनामात्र लुलाको पार्टीले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । गत जनवरीमा करिब १.१ मिलियन अमेरिकी डलर घुस लिएको अभियोगमा लुलाविरुद्ध १२ वर्षको जेल सजाय सुनाइएको थियो ।


