![]()
काठमाडौ,चैत ।
बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत(उपसचिव) लिला अधिकारी र इन्जिनियर बिजेन्द्र श्रेष्ठ ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई सोमबार अबेर महाराजगञ्जस्थित प्रहरी एकेडेमी अगाडिबाट पक्राउ गरेको हो।
उनीहरुले ठेक्कावापतको रकम भुक्तानी र काम गरेको अनुभवको पत्र लेखिदिने भनेर घुस मागेका थिए। पीडित ठेकदारले आयोगलाई सूचना दिएर घुस दिएका हुन्। उनीहरुले दमकलको पानी राख्ने पोखरी निर्माणसम्बन्धि ठेक्कामा घुस मागेका थिए।
आयोगबाट खटिएको टोलीले उनीहरुलाई गाडिबाटै पक्राउ गरेको हो। घुस काण्डमा नगरपालिकाका मेयर लगायत अन्य अधिकारीमाथि पनि छानिबन हुने आयोगका एक अधिकारीले जानकारी दिएका छन् ।


