Breaking News.... EverestOnlineKhabar
April 30, 2026

अन्तर्राष्ट्रिय ह्याण्डबलमा नेपाल उपबिजेता, ह्यान्डबल संघले गर्यो् सम्मान

Loading

एजेन्सी । नेपाल ह्यान्डबल संघले भारतको लखनउमा भएको पाँचौं दक्षिण एसियाली महिला ह्यान्डबल च्याम्पियनसिपमा दोश्रो भएको नेपाली टोलीको सम्मानमा स्वागत तथा बधाइ कार्यक्रम आयोजना गरेको छ ।

मार्च ३१ देखि अप्रिल ४ तारिखसम्म भएको प्रतियोगितामा नेपाली ह्यान्डबलले अहिलेसम्मकै ठूलो उपलब्धि हात पार्ने क्रममा रजत जितेको थियो । यसअघि नेपाल ह्यान्डबलमा तेश्रोसम्म भएको थियो ।

खेलाडी टोलीमा उमा राई (कप्तान), बन्दना राई, जिना राई, निशा राई, कविता राई, शान्तिकला राई, देवकुमारी बाँस्कोटा, संगिता चौधरी, दुर्गा बोहरा, पार्वती चौधरी, कृष्णा चौधरी, कल्पना ओली, उमा राई, आइत लोमु शेर्पा र मञ्जु रावत रहेका छन् । प्रशिक्षकमा अरुणलाल कर्ण र रमेश सापकोटा छन् ।

नेपाल, भारत, अफगानिस्तान, बंगलादेश र भुटान गरी ५ राष्ट्र सहभागि प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा भएको थियो । नेपालले अफगानिस्तान, बंगलादेश र भुटानलाई पराजित गर्दै दोश्रो भएको थियो । नेपाल भारतसंग हारेपछि दोश्रोमा सीमित भएको हो ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले टोलीलाई माला, खादा र टीका लगाइ स्वागत गर्नुका साथै बधाइ दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले सिमित श्रोत र साधनका बावजुद नेपाली खेलाडीहरुले उल्लेखनिय सफलता हासिल गर्दै आइरहेको बताउदै खेलाडीहरुलाई खेल क्षेत्रबाट नै भविष्यको प्रत्याभूति हुने हिसाबले कार्य आरम्भ गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed