![]()
काठमाडौं । खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुरुङ खन्ने कामको अन्तिम ‘ब्रेक थु्र’ चैत २९ गते हुने बताएकी छन्। नेकपा माओवादी केन्द्र, ७ नम्बर प्रदेश–काठमाडौं संघीय जनसम्पर्क मञ्चले काठमाडौंमा गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले निरन्तरको ‘फलोअप’ र निर्देशनले आयोजना ‘ब्रेक थु्र’को चरणमा पुगेको बताएकी हुन्।
कामको प्रगति हेर्दा आगामी दशैंअघि वैकल्पिक मार्गबाट काठमाडौसम्म मेलम्चीको पानी र्पुयाउन सकिने उनले बताइन्। जनताको घरदैलोमा स्वच्छ खानेपानी र्पुयाउने प्राथमिकता सँगसँगै अन्तर्रा्ष्ट्रिय बजारमा खानेपानी बेचेर आयस्रोत बढाउने विषयमा समेत योजना बनाउने उनले बताइन ।
‘हिमश्रृङ्खलाबाट बगेको पानीलाई विदेशमा महंगो मूल्यमा बेच्न सकिन्छ,’ मन्त्री मगरले भनिन् ,‘यसरी सोच्दा खानेपानी उद्योग स्थापना हुने, रोजगारी सिर्जना हुने र आयआर्जन बढ्ने हुन्छ।’ हिमश्रृङ्खलाबाट बगेको पानीको गुणस्तरलाई अन्तर्रा्ष्ट्रिय बजारमा रुचाउने गरिएको उनले बताइन।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टले मन्त्री मगरलाई सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताए।


