Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौ,चैत ।
संसदीय दलको नेतामा भारी मतसहित विजयी भएका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा रिक्त पदाधिकारी मनोनयनका लागि तयारी थालेका छन् । तीनै तहको निर्वाचनमा पार्टीको लज्जास्पद पराजयपछि आलोचना जारी रहँदै गर्दा पार्टी भित्रको आन्तरिक निर्वाचनमा बलियो बनेका देउवा केन्द्रीय समितिमा समीक्षा जारी रहेकै मौका छोपेर पार्टीको रिक्त पदपूर्ति गर्ने तयारीमा जुटेका छन् ।
सभापति देउवा निकट कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माका अनुसार ३ बैशाखदेखि पुनः सुरु हुने स्थगित केन्द्रीय समितिको बीचमा यी विषयमा निर्णय हुने र केन्द्रीय समितिको बैठकबाट त्यसलाई अनुमोदन गर्ने देउवाको तयारी छ ।

एक जना उपसभापति,एक जना महामन्त्री र एक जना सह–महामन्त्री नियुक्त गर्न बाँकी छ । त्यसो त पार्टीको विधान अनुसार सभापति देउवाले केहि केन्द्रिय सदस्य,पार्टी अन्र्तगतका विभाग गठन गर्न समेत बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed