Breaking News.... EverestOnlineKhabar
May 4, 2026

अफगानिस्तानको काबुलामा ‘एम्बुलेन्स आक्रमण’,कम्तिमा ४० जना मारिए

Loading

बिबिसि । अफगानिस्तानको राजधानी काबुलको मध्यभागमा एक आत्मघाती बम हमला हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ । हमलामा १ सय ४० जना घाइते भएका छन्।

हमलाकारीहरूले विस्फोटक पदार्थले भरिएको एउटा एम्बुलेन्स चलाएर प्रहरीको जाँचचौकी पार गर्दै एक व्यस्त सडकमा र्पुयाएर विस्फोट गराएका थिए। उक्त हमला पुरानो आन्तरिक मन्त्रालयको भवन र यूरोपेली संघ र उच्च शान्ति आयोगका कार्यालयहरू नजिकै भएको छ । तालेबान लडाकु समूहले आफूले उक्त हमला गराएको बताएको छ।

गत हप्ता तालेबान लडाकुहरूले काबुलमै रहेको एक होटलमा आक्रमण गर्दा २२ जना को ज्यान गएको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार विदेशी दूतावासहरू तथा नगर प्रहरीको मुख्यालय रहेको सो क्षेत्रमा मानिसहरूको भीड भएका बेला आत्मघाती हमला भएको हो।

घाइतेहरूको अवस्था गम्भीर भएकाले मर्नेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । यो काबुलमा कयौँ महिनायता भएका हमलामध्ये सबैभन्दा घातक हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed