![]()
बिबिसि । अमेरिकामा जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासरले खेलाडीहरुको यौन शोषण गरेको पुष्टि भएपछि जिम्न्यास्टिक बोर्डको निर्देशक समितिका सबैले राजीनामा दिने निर्णय गरेका छन् ।
ल्यारी नासर यौन दुर्व्यवहार प्रकरणलाई उपयुक्त ढंगले सम्बोधन नगरेको भन्दै अमेरिकी ओलिम्पिक कमिटिले कारबाही गर्ने भएपछि उनीहरुले राजीनामा दिने निर्णय गरेका हुन ।
जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासरलाई किशोरी खेलाडीहरूलाई यौन दुर्व्यवहार गरेकोमा गत बुधवार १ सय ७५ वर्षको सजाय सुनाइएको थियो ।
ल्यारी नासर यौन दुर्व्यवहार प्रकरणलाई उपयुक्त ढंगले सम्बोधन नगरेको भन्दै अमेरिकी ओलिम्पिक कमिटीले या त बोर्ड भंग गरिनुपर्ने वा उसले खेलकुद निकायको मान्यता गुमाउने चेतावनी दिएको थियो।


