Breaking News.... EverestOnlineKhabar
May 4, 2026

Loading

काठमाडौ,माघ ।
प्रदेश प्रमुखहरुले प्रदेशसभाको पहिलो बैठकको मिति घोषणा गरेका छन्। संघीय संरचना अनुसार सात वटै प्रदेशका लागि प्रदेश प्रमुखहरु तोकिएसँगै प्रदेशसभाको पहिलो बैठक आह्वान गरेका हुन्। हालसम्म ७ मध्ये ६ वटा प्रदेशको पहिलो अधिवेशन बोलाइएको छ भने प्रदेश १ मा मात्र बैठक आह्वान गर्न बाँकी छ। प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले माघ २१ का लागि पहिलो बैठक आह्वान गरेका छन्। उनले माघ ७ मा प्रदेशसभा सदस्यहरुलको सपथ सकिए लगत्तै पहिलो बैठकको आह्वान गरेका थिए।
प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले माघ १८ का लागि प्रदेशसभाको पहिलो बैठक आह्वान गरेकी छिन्। प्रदेश ४ का प्रमुख बाबुराम कुँवरले माघ २२ गतेका लागि बैठक आह्वान गरेका छन् भने प्रदेश ५ का प्रमुख उमाकान्त झाले माघ २३ गतेका लागि पहिलो बैठक बोलाएका छन्। प्रदेश ६ मा पनि माघ २१ गतेका लागि पहिलो बैठकको तयारी थालिएको त्यहाँका प्रमुख दुर्गाकेशर खनालले जानकारी दिए। यस्तै, प्रदेश ७ को पहिलो बैठक पनि प्रदेश प्रमुख मोहनराज मल्लले माघ २१ गते नै बोलाएका छन्।
संविधानको धारा १८३ मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था गरिएको छ। मंसिर १० र २१ गते भएको प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम माघ ३ गते घोषणा भएको थियो। प्रदेश प्रमुखहरुले माघ ५ गते सपथ खाएपछि निर्वाचन आयोगले सोही दिन निर्वाचनको अन्तिम परिणाम बुझाएको थियो। त्यस्तै, प्रदेशसभाका सदस्यहरुले माघ ७ गते सपथ खाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed