Breaking News.... EverestOnlineKhabar
May 4, 2026

आफूले शारीरिक सम्बन्ध राखेकी पोर्नस्टारको मुख थुन्न ट्रम्पले १ लाख ३० हजार डलर तिरेको खुलासा (भिडियोसहित)

Loading

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोर्न स्टारको मुख थुन्न १ लाख ३० हजार डलर तिरेको खुलासा भएको छ । एक टेलिभिजन अन्तर्वार्तामा पोर्न स्टार स्टोर्मी डेनियल्सले स्वयं यो भेद खोलेकी हुन । टेलिभिजन अन्तर्वार्तामा पोर्न स्टारलाई डोनाल्ड ट्रम्पसँग सेक्स भएको थियो भनी प्रश्न गरिएको थियो । यसको जवाफमा ती पोर्न स्टारले मन्द मुस्कान दिएकी थिइन ।

डेनियल्स जसको सहि नाम हो स्टेफनिक क्लिफोर्ड, पोर्न स्टार। राष्ट्रपतिसँगको यौन सम्बन्धको विषय एकाएक चर्चामा आइन उनी । जब ट्रम्पका वकिल मिखेल कोहेनले चुनावको एक साताअघि १ लाख ३० हजार अमेरिकी डलर तिरेर पोर्नस्टारको मुख बन्द गराएको सार्वजनिक भयो ।

विषय चर्चामा आएपछि टेलिभिजन अन्तर्वार्तामा उनलाई सोधिएको थियो ः तपाईँको डोनाल्ड ट्रम्पसँग यौन सम्बन्ध भएको थियो?
उत्तरमा उनले रहस्यमयी मुस्कान मात्रै दिइन्।  एक सन्तानकी आमा समेत रहेकी उनी यतिखेर चर्चाको केन्द्रमा छिन्। ’कसैले पनि मलाई दोहर्याएिर हेर्दैन थिए,’ चर्चाको केन्द्रमा रहँदा उनको प्रतिक्रिया थियो, ’अहिले जोसुकैले पनि मलाई नै हेरिरहेका छन्।’

३९ वर्षकी स्टारले १ सय ५० भन्दा बढी फिल्म गरिसकेकी छिन् जसमा गुड विल हम्पिङ र अपरेसन डिजर्स स्ट्रोमीसमेत सामेल छन्। उनले टच म्यागेजिनसँग कुरा गर्दा ट्रम्पसँग सेक्सुअल रिलेसन रहेको बताएकी थिइन्। त्यस्तो सम्बन्ध एक वर्षसम्म कायम थियो।
’कुनै दिन आवश्यकता पर्यो भने म उनका खराबीलाई खोल्न सक्छु,’ सन् २०११ मा ड्यानियल्सले अन्तर्वार्तामा भनेकी थिइन्। उनले सन् २००६ मा ट्रम्पसँग ह्यारिस क्यासिनो होटलको रुममा यौन सम्बन्ध कायम गरेको बताइएकी थिइन् जहाँ च्यारिटीका लागि सेलिब्रिटीले गल्फ खेलेका थिए।

ट्रम्पका वकिलले डेनाइल्सलाई पैशा दिएर चुप लगाएको विषयलाई अस्वीकार गरेका छन्।

वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुने तयारीमा रहेकी फस्ट लेडीले स्विट्जरल्यान्डको डाभोस यात्रा क्यान्सिल गर्नुका पछाडि यही खुलासा रहेको अनुमान गरिएको छ। यद्यपि ट्रम्पका प्रवक्ताले सेड्युल र लजिस्टिक इस्युका कारण उनी नगएको दावी गरेकी छिन्।
उनीहरुको यौन सम्बन्ध त्यतिखेर भएको खुलासा भएको छ जतिखेर ट्रम्पकी पत्नी मेलेनियाले एक महिनाअघिमात्र छोरो वारोनलाई जन्म दिएकी थिइन्।

डेनियल्सले यौन सम्बन्धमात्र होइन २०११ को अन्तर्वार्तामा रासलीलाका तरिकाबारे पनि खुलाएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed