![]()
बिबिसि । अफगानिस्तानको जलालावादस्थित आफ्नो कार्यलय भवनमा आक्रमण भएपछि यूरोपेली सहयोग निकाय सेभ द चिड्रेनले तत्कालका लागि त्यहाँ सञ्चालित सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।
सेभ द चिड्रेनले विज्ञप्ति जारी गर्दै तत्कालका अफगानिस्तानमा सञ्चालित आफ्ना सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाएको हो । आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । सो भवनमा ५० भन्दा बढी कर्मचारी रहेकाले पनि आफ्ना कर्मचारीको सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै यस्तो कदम उठाएको सेभ द चिड्रेनले जनाएको छ । आफ्ना कार्यक्रमहरु यथाशक्य छिटो र पुनः सञ्चालनमा ल्याउनेमा आफू प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । आफ्ना कर्मचारीको जीवन रक्षाका लागि चिन्तित रहेको उसले जनाएको छ ।
अफगानिस्तानमा सञ्चालित विभिन्न अन्तर्रा्ष्ट्रिय सहयोगी निकायहरू उच्च असुरक्षा माझ काम गर्न बाध्य छन् ।


